3 years ago
February 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघ, शाखा डोजो भार्देवको आयोजनामा खेलाडी ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ६५ खेलाडी सहभागी भएकोमा सबै उत्तीर्ण भए ।
ग्रेडिङ भार्देव डोजोका प्रमुख प्रशिक्षक एवं अध्यक्ष दिलबहादुर घलानले सञ्चालन गरेका थिए । ग्रेडिङ ललितपुरको डेलडाँडास्थित बिजुली खोला कभर्डहलमा थियो । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलगायतले खेलाडीलाई प्रमाण पत्र वितरण गरेका थिए ।
सो अवसरमा कराते खेलाडी रवि सिलवाललाई भार्देव डोजोलाई २० हजार रुपैयाँ बराबरको खेल सामाग्री उपलब्ध गराएका थिए ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]