default_image

3 years ago

February 27, 2022

पाल्पामा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता हुने

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाल्पाको तानसेनस्थित रानीमहलमा आगमी चैत अन्तिम साता सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक सञ्जय स्मृति प्रतिष्ठानले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजन गर्दै प्रतियोगिता चैत २४, २५ र २६ गते तीन हुने जानकारी गराएको छ ।

सञ्जय स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल भलिबल संघसँगको सहकार्यमा कालीगण्डकी नदी किनारमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) गरि १० टोली सहभागी हुने प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी गराए ।

प्रतिष्ठानकी अध्यक्ष मास्केले यसपटक महिलामा मात्रै बिच भलिबल आयोजना गरिएको र आगामी दिनमा पुरुषको पनि प्रतियोगिता आयोजना गरिने बताइन् ।

अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम लासिवाले एक कोर्टमा खेल हुने र सहभागी टिम अनुसार अर्काे कोर्ट थपिने जानकारी गराए । उनका अनुसार हालका लागि एक कोर्टमा प्रतियोगिता र अर्का एक कोर्ट अभ्यासका लागि हुनेछ । प्रतियोगिताका लागि खेलाडी छनोट प्रदेश खेलकुद विकास समितिले गर्नेछ । सहभागी टोलीमा दुई खेलाडी र एक जना अफिसियल रहनेछ ।

प्रतियोगिताको विजेता टिमले १ लाख तथा दोस्रो हुने टोलीले ५० हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्न करिव ३० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.