default_image

3 years ago

February 26, 2022

कौतिल्यलाई सफलता

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कौतिल्यले छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा कौतिल्यले लाइसियमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

लाइसियमका सक्सेस सेढाईं ‘म्यान अफ द म्याच’ घोषित भए । अन्य खेलमा गणेश हिमाल, अक्षरिका, मनकामना र ब्रेस्ट ग्रुप भिजनले जित हात पारे । गणेश हिमालले गुडडे एकेडेमीलाई ६–० गोलले हरायो । गणेशका विप्लव नेपालले ह्याट्रिक गरे भने मनीष थापा र बैकप कार्कीले समान १–१ गोल गरे ।

एक गोल आत्माघाती थियो । अक्षरिकाले विद्या अर्जनलाई ३–१ गोलले पाखा लगायो । अक्षरिकाका सुखद लामाले २ तथा आयुश कार्कीले १ गोल गरे । मनकामनाले पुष्प वाटिकामाथि ५–० को सहज जित रच्यो । मनकामनाका सुमन सुनुवार र अशोक तामाङले २–२ तथा कृष्ण मोक्तानले १ गोल गरे ।

बेस्टले बोधी सदनलाई २–० ले पन्छायो । दुवै गोल मनीष गिरीले गरे । रेडिअन्टले प्रीतिमाबाट वाकओभर पायो । प्रतियोगितामा ३२ टिम सहभागी छन् । विजेताले २० हजार, उपविजेताले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल फागुन २० गते हुने छ ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.