3 years ago
February 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक देउराली डोजो दोश्रो देउराली कप भीमचन्द ठकुरी स्मृति खुला कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।
देउरालीले १० स्वर्ण, ५ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियन बनेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । नगदेश ३ स्वर्ण, १ रजत र ४ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको च्याम्पियनले २ स्वर्ण, ३ रजत र ३ कांस्य हात पा¥यो ।
बानेश्वरस्थित इपीएस स्कुलमा भएको प्रतियोगिताको पुरुषमा नगदेशका निखिल कार्की तथा महिलामा देउरालीकी कञ्चन नेपाली उत्कृष्ट खेलाडी घोषित भए । देउरालीकै नेली जोशी उदीयमान खेलाडी बनिन् ।
विजेतालाई अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश सांसद्द्वय गणेशप्रसाद दुलाल र राजेन्द्र गुरुङ, नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, आयोजक देउरालीका अध्यक्ष राजेश जोशी, प्रतियोगिता संयोजक १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कुशल श्रेष्ठ, राखेप कर्मचारी संघका पूर्व उप–महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा कान्तिपुर दैनिकका ध्रुव तुलाधर, राजधानी दैनिकका दिलबहादुर तामाङलगायतलाई सम्मान गरिएको थियो । एकदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]