3 years ago
February 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १० किलोमिटर केटीएम रनको उपाधि केन्याका धावक सिमोन किप्लागेट र सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेका छन् । पुरुषतर्फ केन्याली धावक सिमोन र महिलातर्फ भण्डारी विजेता बन्न सफल रहे ।
शनिबार काठमाडौंमा भएको दौडमा सिमोनले निर्धारित दुरी ३० मिनेट ५५ दशमलव ५७ सेकेन्ड र भण्डारीले ३६ मिनेट २० दशमलव २० सेकेन्डमा पुरा गरे । विजेता दुवै खेलाडी मेडल, ट्रफीसहित एक–एक लाख रुपैयाँ प्राप्त गरे ।
शेर्पा आउटडोरको केटीएम सिटीको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ दुर्गा बहादुर बुढाले ३० मिनेट ५७ दशमलव ६० सेकेन्डको समय निकाल्दै दोस्रो भए । तेस्रो बनेका मुकेश पालले ३१ मिनेट २२ दशमलव ६३ सेकेन्डमा निर्धारित दुरी पार गरे ।
चौथौं बनेका अजित कुमार यादवले ३१ मिनेट ३६ दशमलव ४२ सेकेन्डको समय निकाले । सन्तोष विष्ट पाँचौ, सुवास कार्की छैटौं, टंक कार्की सातौं, राजेन्द्र तामाङ आठौं, सञ्जिव नेपाली नवौं र दिनेशसिंह बोगटी दशौं स्थान हासिल गरे ।
महिलातर्फ एपीएफकी फुलमती राना ३७ मिनेट १४ दशमलव ०१ सेकेन्डको समय निकाल्दै दोस्रो बनिन् । तेस्रो बनेकी राममाया बुढा ३९ मिनेट ४२ दशमलव ०८ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । महिला स्पर्धामा बिन्द्रा श्रेष्ठ चौथो, सिमोन थारु पाँचौं, सरस्वती बोहरा छैटौं, आशा रावल सातौं, बिमला कार्की आठौं, राधिका श्रेष्ठ नवौं र कृष्णश्वेरी सिन्तकला दशौं स्थानमा रहे ।
दुवै स्पर्धाका उपविजेताले ५० हजार रुपैयाँ, तेस्रोले ३० हजार, चौथोंले २० हजार, पाँचौले १० हजार, छैटौंले ५ हजार रुपैयाँ प्राप्त गरे । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेता खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी बोर्ड सदस्य यकेन्द्र कुँवर र नन्दा बस्याल लगायतले पुरस्कृत गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]