3 years ago
February 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १०औं शिरशुभा-गम्भिरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिता स्याङ्जामा आयोजना हुने भएको छ ।
स्व. शिरशुभा र गम्भिरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन २३ देखि हुने जेठा छोरा पूर्व मेजर लिलबहादुर गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा स्याङजाको आँधीखेला गाउँपालिका, पुतलीबजार नगरपालिका र अर्जुन चौपारी गाउँपालिका तथा पर्वतको महाशिला गाउँपालिका र फलोबास नगरपालिकाका १६ टिमको सहभागिता रहने छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलको ‘म्यान अफ म्याच’ लाई ट्रफी प्रदान गरिने छ । पूर्व मेजर लिलबहादुरले खेलाडी, प्रशिक्षक, अफिसियललगायत गरी १ हजार जनाको बिमा गरिएको जानकारी गराउदै कोभिड– १९ को मापदण्ड पालना गरी प्रतियोगिता आयोजना गरिने बताए ।
पत्रकार सम्मेलनमा माहिला छोरा देवबहादुर र कान्छा छोरा पूर्व डिआईजी हिमबहादुरले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए । सहभागी १६ टिमलगायतका लागि खेल पोशाक भ्याली पब्लिक स्कुलका प्रिन्सिपल कृष्ण अधिकारीले प्रायोजन गर्ने भएका छन् ।
फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्याङजाको सिरुवारीस्थित झाँक्री थानको कुर्लेमा हुने छ । उक्त कोर्ट आयोजकले आफ्नै जग्गामा करिब २० लाख खर्चमा निर्माण गरेको हो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]