3 years ago
February 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषतर्फ तथा पुलिस महिलातर्फ च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ को फराकिलो अन्तरले सहजै हराउन सफल भयो ।
आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ अंक योगदान गरे । टाइम्सका सदीश प्रधानले १७ स्कोर गरेपनि हार टार्न सकेन । आर्मीले चारै क्वाटरमा अग्रता लिदै जितलाई सहज बनाएको थियो । आर्मीले क्रमशः २२–१०, २४–२०, १७–१६ र २७–१२ को प्रदर्शन ग¥यो ।
महिलातर्फको रोमाञ्चक बनेको फाइनलमा अनुषा मल्लको १९ अंक सहयोगमा पुलिसले रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ ले हरायो । पुलिसले उपाधिसँगै राउन्ड रोविन लिगमा बेहोरेको हारको बदला समेत लिन सफल भएको छ ।
राउन्ड रोविन लिगमा रोयल विजेता तथा पुलिस उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए । रोयलकी रोशनी श्रेष्ठले १४ अंक जोडिन् । पहिलो क्वाटरमा दुवैले ८–८ को बराबरी खेले । दोस्रो क्वाटरमा २०–१५ र तेस्रोमा १४–११ ले अघि रहँदै पुलिसले जितको आधार खडा गरेको थियो । चौथो तथा अन्तिम क्वाटरमा रोयलले १५–१० को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।
पुरुष-महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार पाए । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा प्रहरीकी अनुषा मल्ल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार हात पारे । पुरुषमा रोयलका सुदीप पौडेल क्षेत्री तथा महिलामा रुपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिए । दुवैलाई समान ७ हजार रुपैयाँ हात पारे ।
विजेतालाई संघीय सांसद् समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, आयोजक संघका कार्यवहाक अध्यक्ष भीमसिंह गुरुङ, स्व. लामाका पिता लामा पासाङ शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नेपाल बास्केबटल संघका पूर्व अध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको पुरुषमा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । महिलाको राउन्ड रोविन लिगमा ५ टिम सहभागी थिए । १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि राखेप कभर्डहलमा पहिलो पटक बास्केटबलको प्रतियोगिता भएको हो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।