3 years ago
February 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी र टाइम्स बास्केटबल क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले रोयल बास्केटबल एकेडेमीलाई ८२–७३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आर्मीका रोविन खत्रीले १७ अंक जोडे । रोयलका निकेश मगरले २५ स्कोर गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।
सुरुका तीन क्वाटरमा आर्मीले २१–१८, २४–१३ र १९–१६ को अग्रता लिदै जितको आधार खडा गरेको थियो । अन्तिम तथा चौथो क्वाटरमा आर्मी १८–२६ ले पछि परेपनि सुरुवाती तीन क्वाटरको अग्रता आर्मीलाई फाइनल पुग्न पर्याप्त बन्यो ।
हारसंगै रोयल दोहोरो फाइनल खेल्नबाट चुक्यो । महिलाको राउन्ड रोविन लिगमा भने रोयल विजेता बन्दै फाइनल पुगिसकेको छ । रोयलले नेपाल प्रहरीसँग उपाधि भिडन्त पक्का गरेको हो ।
अर्को सेमिफाइनलमा टाइम्सले गोल्डेनगेटलाई ८४–६७ ले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का ग¥यो । टाइम्सका विजय बुर्जाले २५ अंक बटुले । चौथो क्वाटर २०–२० को बराबरीमा टुंगिदा सुरुवाती तीन क्वाटरमा टाइम्सले २३–१४, २३–१९ र १८–१४ को अग्रता लिएको थियो ।
महिलातर्फ राउन्ड रोविन लिगको अन्तिम खेलमा रुपन्देहीले कीर्तिपुरलाई ४५–४१ ले पन्छायो । रुपन्देहीकी दीपिका गुरुङले २२ स्कोर गरिन् । कीर्तिपुरका लागि प्रजिता कार्कीले १५ अंक जोडिन् । पाँच टिम सहभागी महिलामा रुपन्देही चौथो भयो । पराजित कीर्तिपुर पुछारमा रह्यो ।
ललितपुर हाइले तेश्रो स्थानमा स्पर्धा टुंगायो । नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।