3 years ago
February 23, 2022
चितवन (हाम्रो खेलकुद) – कर्पाकेली पुन युवा क्लब चितवनको आयोजनमा स्वर्गिय लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।
प्रतियोगिता २५ देखि २९ फागुनसम्म चिवतनको खैरहनीस्थित पुन समाजको कार्यालय परिसरमा हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ ।
तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँगै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, वालिङ भलिबल क्लब, एभरेष्ट स्पोर्ट्स क्लब बुटवल, चुली युवा क्लब सुर्खेतसँगै आयोजक कर्पाकेली पुन युवा क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसँगै ट्रफी मेडर र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले एक लाख रुपैयाँ तथा तेस्रो हुनेले ५० हजार रुपैया हात पार्नेछ । सान्त्वना हुने टोलीले २५ हजार हात पार्नेछ । विधागततर्फ पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]