default_image

3 years ago

February 22, 2022

टि२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

249 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईका कप्तान अहमद राजाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।


नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । कुशल मल्लको स्थानमा नेपालले विवेक यादवलाई आजको खेलमा प्लेइङ ११ मा खेलाएको छ । अन्य कुनैपनि परिवर्तन गरेको छैन । कुशल फिलिपिन्ससँग १२ र क्यानडासँग गोल्डेन डक आउट भएका थिए ।

नेपालले युएईलाई हराए आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ । युएई पनि नेपाललाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ । नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता हुन् ।

नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गर्यो । अपराजित यात्राका साथ सेमिफाइनल खेल्ने नेपाल एकमात्र टोली हो । युएईले टेस्ट टोली आयरल्यान्डलाई १८ रनले स्तब्ध पारेको थियो । जमर्नीलाई २४ रनले हराँदा अन्तिम खेलमा बहराइनसँग २ रनको अप्रत्याशित हार बेहोरेपनि नेटरनरेटको कारण सेमिफाइनलमा पुगेको हो । यसअघि चार देश सम्मिलित टि२० आई सिरिजमा युएईले नेपाललाई २५ रनले हराएको थियो ।

दोस्रो सेमिफाइनलमा ओमान र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। आयरल्यान्ड समूह ए को विजेता र ओमान समूह बी को उपविजेता हुन् । ओमानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

हेड टु हेड :

नेपाल र युएईबीच चार टि२० आई खेल भएको छ । नेपाल २ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ । २०१९ मा नेपालले युएईलाई उसकै घरेलु मैदानमा तीन टि२० आई सिरिज २–१ ले जितेको थियो । यसै साता चार देश सम्मिलित टि२० आई सिरिजमा नेपाल २५ रनले परजित भएको थियो ।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा

यी हुन् नेपालले फाइदा उठाउनु पर्ने युएईका पाँच कमजोरी

नेपाललाई घातक बन्न सक्ने युएईका पाँच खेलाडी

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.