3 years ago
February 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा सोमबार फाइनलमा प्रवेश गरेको छ ।
पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शत प्रतिशत जित आत्मासात् गर्दै विजेताका रुपमा रोयल फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो अन्तिम लिगमा रोयलले रुपन्देहीलाई ८६–४० को फराकिलो अन्तरले पराजित ग¥यो ।
रोयलकी मनता गुरुङले १६ अंक जोडिन् । रुपन्देहीकी दीपिका गुरुङले १४ स्कोर गरिन् । त्यसअघिका लिगमा रोयलले ललितपुर हाइ, नेपाल प्रहरी क्लब र कीर्तिपुर नगरपालिकालाई हराएको थियो ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोयल र नेपाल आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । पहिलो क्वाटरफाइनलमा रोयलले कीर्तिपुर नगरपालिकालाई ७०–६४ ले पाखा लगायो । रोयलका निकेश मगर र कीर्तिपुरका सुरज खड्गीले समान १६ स्कोर गरे ।
दोश्रो सेमिफाइनलमा आर्मीले क्याम्पियन सोलोमाथि ७८–५६ को जित निकाल्यो । आर्मीका लागि सौरव श्रेष्ठले २३ अंक जोडे । क्याम्पियनका जसाङ सुनुवारले १२ स्कोर गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।