3 years ago
February 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लेबनानको लिसेन्डमा आयोजना हुने ३०औं एशियन अल्पाईन स्की च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली स्की टिमलाई सोमबार एक कार्यक्रमविच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं साँसद जीवन राम श्रेष्ठले बिदाई गरेका छन् ।
च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीमा एक प्रशिक्षकसहित ४ खेलाडी रहेका छन् । खेलाडीहरुमा सफलराम श्रेष्ठ, साहस राम श्रेष्ठ, संगीता लामा र देबोरा तिमल्सिना रहेका छन् । यस्तै प्रशिक्षकमा प्रविण कर्माचार्य रहेका छन् । उनीहरु मुस्ताङमा आयोजना भएको चौथौ स्की प्रतियोगिताबाट खेलाडीहरु चयन गरिएको हो ।
नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । च्याम्पियनसिप १० देखि १६ फागुनसम्म आयोजना हुने छ । संघका अध्यक्षसमेत रहेका सांसद श्रेष्ठले सबैभन्दा उत्कृष्ट र अनुभवी खेलाडीहरु रहेकोले च्याम्पियनसिपमा राम्रो नतिजा प्राप्त गर्नेमा आफु बिश्वस्त रहेको बताए ।
April 26, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो । नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय […]
April 24, 2025
हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे। सन्तोष बस्नेतले […]
April 23, 2025
सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]