default_image

3 years ago

February 21, 2022

प्रशिक्षक भट्ट काभाको विकास र प्रशिक्षण समितिमा

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सफल भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्ट सेन्ट्रल एसियन भलिबल फेडेरेसन (काभा) को विकास र प्रशिक्षण समिति (डेभलपमेन्ट एण्ड कोचिङ कमिटी) को सदस्यमा नियुक्त भएका छन् ।

काभाले प्रशिक्षक भट्टलाई झण्डै दुई साता अघि विकास र कोचिङ कमिटीको सदस्यमा नियुक्त गरेको जनाएको छ । नेपाली भलिबलमा विगत ३० वर्षदेखि अब्बल खेलाडी र कुशल प्रशिक्षकको रुपमा रहेका भट्टलाई नेपाली भलिबलमा सफल प्रशिक्षकको रुपमा रहेका छन् ।

काभाले उनलाई सन् २०२० देखि २०२३ को प्रोजेक्ट अन्तरगत अब बाँकी रहेको एक सिजनका लागि सदस्यमा नियुक्त गरेको जनाएको छ । काभाले विश्व भलिबल फेडेरेसन (फिभ) र एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सँग सहकार्य गर्दै काभाले आफ्नो जोनको भलिबल र बिच भलिबलको विकासको लागि कार्य गर्दै आइरहेको छ ।

भटट् प्रशिक्षक रहँदा नेपाली पुरुष राष्ट्रिय पुरुष भलिबल टोलीले सन् २०१७ मा मल्दिभ्समा भएको तेस्रो सेन्ट्रल जोन सिनियर एसियन पुरुष भलिबलमा कास्य पदक जितेका थियौं । पुरुष भलिबलको ४२ वर्षे इतिहासमा पहिलोपटक पदक जित्दा उनी टोलीमा प्रशिक्षक रहेका थिए ।

भट्टकै प्रशिक्षणमा नेपाली महिला राष्ट्रिय टोलीले सन् २०१९ मा बंगलादेशमा भएको पहिलो एभिसी एसियन सेन्ट्रल जोनको च्याम्पियन बनेको थियो । जुन नेपाली महिला भलिबल इतिहासकै पहिलो स्वर्ण पदक थियो । सोही वर्ष नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले सागको इतिहासमा ऐतिहासिक रजत पदक जित्दा उनी नै टोलीको मुख्य प्रशिक्षक थिए ।

यसैवर्ष गत पुसमा बंगलालेशमै भएको सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाउँदा उनी नै टोलीको मुख्य प्रशिक्षक थिए । नेपालले सेन्ट्रल जोन लगातार दोस्रो वर्ष जित्दै उपाधि रक्षा गर्न सफल भएको थियो ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.