default_image

3 years ago

February 20, 2022

कास्की क्वाटरफाइनलमा

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको टोली कास्की लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा कास्कीले बीएमकेलाई ९४–९२ को झीनो अन्तरले पराजित गर्दै उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो ।

कीर्तिपुर नगरपालिका समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ । कास्कीका पुष्कल छन्त्यालले २१ अंक जोडे । बीएमकेका दीपसन कार्कीले ४४ स्कोर गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमै टाइम्स समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । टाइम्सले रोयल बास्केटबल एकेडेमीलाई ८३–७८ ले हरायो ।

आ–आफ्नो टिमका लागि टाइम्सका सदीश प्रधानले २९ तथा रोयलका निकेश मगरले २७ स्कोर गरे । हारका बावजुद रोयल पनि समूह उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

पुरुषमा क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल कीर्तिपुर र रोयल, नेपाल आर्मी र क्याम्पियन सोलो, टाइम्स र कास्की तथा गोल्डेनगेट र ड्रिम टिमबीच हुने छ ।

महिलाको राउन्ड रोविन लिगमा ललितपुर हाइले रुपन्देहीमाथि सहज जित रच्ने क्रममा ७९–२७ को प्रदर्शन ग¥यो । ललितपुरकी मुना महर्जनले १९ अंक जोड्दा रुपन्देहीकी दीपिका गुरुङले १३ अंक आफ्नो नाममा लेखाइन् ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.