3 years ago
February 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) –सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ खेलाडीका लागि बनाएको प्रशिक्षण हलको आइतबार उद्घाटन गरेका छन् ।
नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनाएको छ । प्रशिक्षण हलकै माथि रहेको पहिलाको १० मिटर सुटिङ रेन्जमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण र प्रतियोगिताका लागि प्रयोग गरिने भएको छ ।
हल पहिलेदेखि त्यहाँ भएपनि प्रशिक्षणको आन्तरिक व्यवस्थापन सुटिङ संघले गरेको हो । त्यसका लागि करिब ५० लाख रुपैयाँ खर्चको सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । सोही अवसरमा सुटिङ संघको पहलमा एसियाली सुटिङ महासंघबाट प्राप्त खेल सामाग्री पनि हस्तान्तरण गरिएको थियो ।
सुटिङ महासंघबाट प्राप्त ३–३ थान राइफल र पेस्तोल तथा ‘स्पेयर पार्ट्स’ सुटिङ संघलाई हस्तान्तरण गरियो । अध्यक्ष श्रेष्ठकी माता यमुनादेवी श्रेष्ठले पनि १५ हजार थान जर्मनी गोली उपहार स्वरुप सुटिङ संघलाई प्रदान गरिन् ।
त्यसै अवसरमा प्रशिक्षण हलको निर्माण कार्यमा सहयोग गर्ने त्रिलोचन श्रेष्ठ, प्रदीप खाती, राजेशबहादुर श्रेष्ठ, ध्रुवविक्रम शाह, उपेन्द्र थापा र श्यामकृष्ण महर्जनलाई सम्मान गरिएको थियो । उनीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरे ।
कुमार दर्शन मेमोरियल फाउन्डेसनले पारा खेलाडीको सहजताका लागि ३ थान डिलक्स ह्व्लि चेयर सहयोग स्वरुप प्रदान गरेको छ । फाउन्डेसनका अध्यक्ष राजु दर्शनले उक्त सामाग्री अध्यक्ष श्रेष्ठलाई प्रदान गरे । सुटिङ संघका अध्यक्ष श्रेष्ठले संघले नेपाल, भारत र भुटान सम्मिलित राष्ट्रको मैत्रीपूर्ण प्रतियोगिता गर्ने तयारी गरिरहेको बताउदै खेल सामाग्री उपलब्ध गराएकोमा एसियाली महासंघलाई धन्यवाद दिए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]