3 years ago
February 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभका प्रिन्स दाहाल र नेपाली सेनाकी अनुमाया राईले लिनिङ ११औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा महिला एकलतर्फको शीर्ष १२ भित्रको प्रतिस्पर्धामा राईले सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्डका आधारमा जित हात पार्दै उपाधि जितेका हुन् ।
पहिलो सेट २१–१९ ले गुमाएको रशिलाले दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिईन् । उपाधिसँगै अनुमायाले ५० हजार र उपविजेता रशिलाले २८ हजार रुपैयाँ हात पारिन् । सेमिफाइनलमा पराजित भोजपुरकी नङ्सल देवी तामाङ र सेनाकी अमिता गिरीले समान १२ हजार ५ सय हात पारिन् ।
खेल सामाग्री उत्पादक संस्था लिनिङको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल (शीर्ष १६ भित्र) विश्व वरियतामा जुनियरतर्फ नम्बर १ रहेको प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१ र २१–१८ ले पराजित गर्दै उपाधि जित्न सफल भए । प्रिन्स १०औं संस्करणको विजेता समेत हुन् । प्रिन्सले ५० हजार तथा दोस्रो भएको नविनले ३० हजार पाए । तेस्रो भएको एपिएफका दिपेश धामीले नगद १४ हजार तथा प्रफुल महर्जनले १२ हजार ५ सय हात पारे ।
महिला युगलतर्फ सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले भोजपुरकी नङ्सलदेवी तामाङ र सेनाकी अनुमाया राईलाई २१–१४ र २८–२६ ले पराजित गर्दै उपाधि जिते । पुरुष युगलतर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१ र २१–१६ ले पराजित गर्दै च्याम्पियन बने ।
पुरुष एकलतर्फ शीर्ष १६ वरीयताबाहेकका कास्कीका विधान अधिकारीले सेनाका पविन लिनथेपमाथि २१–१२ र २१–११ ले पराजित गर्दै उपाधि जिते । यस्तै महिल तर्फ एनआरएन सानिया चन्दले कैलालीकी एलिना सुनारलाई २१–१८ र २२–२० ले पराजित गर्दै उपाधि जितिन् । विजयी टोलीले २० हजार, दोस्रो भएको जोडीले १० हजार तथा तेस्रो भएका टोलीले समान ५ हजार पाए ।
पुरुष यु १७ तर्फ सेनाका डेभिड थापा मगरले १६ फिदरका क्षितिज खनालमाथि १७–२१, २१–१६ र २४–२२ को कठिन जित निकाले । महिलातर्फ सेनाकी रशिला महर्जनले सेनाकै प्राथना देउवालाई २१–१८ र २१–८ ले पराजित गर्दै उपाधि जितिज् । विजयी खेलाडीले १५ हजार र दोस्रोले ८ हजार तथा तेस्रो भएकाले समान ४ हजार पाए ।
मास्टर्स ४५ बर्ष माथि कास्कीका बिशाल हेराचन र शम्भु कुमार श्रेष्ठको जोडीले जेष्ट ब्याडमिन्टनका नविन बाबु श्रेष्ठ र चितवनका सुभाष श्रेष्ठको जोडीलाई २१–११ र २१–१५ ले पराजित गर्दै उपाधिसहित २० हजार रुपैया जिते । श्रेष्ठ जोडीले १० हजार तथा तेस्रो भएको जोडीले ५ हजार पाए ।
मास्टर्स ५५ बर्ष माथि चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडीले धादिङका बिष्णुलाल श्रेष्ठ र कास्कीका मनोज श्रेष्ठको जोडीलाई २१–१८, ७–२१ र २१–१८ ले पराजित गरे । उपाधिसँगै यो जोडीले २० हजार, दोस्रो भएको जोडीले १० हजार तथा तेस्रो भएको जोडीले समान ५ हजार पाए ।
विजयी खेलाडीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, साँसद राजकाजी महर्जन, नेपाल ओलम्पिक संघका सचिव एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, मुख्य प्रायोजक लिनिङका नेपाल प्रतिनिधि अनिल जर्लानीलगायतले पुरस्कृत गरे ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा फागुन ३ देखि ८ गते सम्म भएको प्रतियोगितामा संघ संग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा पुरुष एकल (शीर्ष १६), पुरुष एकल (शीर्ष १६ बाहेक), पुरुष युगल (खुला), महिला एकल (शीर्ष १२), महिला एकल (शीर्ष १२ बाहेक), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्ष माथि र मास्टर्स ५५ बर्ष माथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा भएको थियो ।
राष्ट्रिय ब्याडमिन्टन संघलाई प्रशिक्षकको सम्मान
ब्याडमिन्टन प्रशिक्षकहरुले राष्ट्रिय ब्याडमिन्टन संघ, नेपाललाई प्रशंसा पत्रले सम्मान गरेको छ । नेपालमा ब्याडमिन्टन खेलको विकास, विस्तार र उत्थानमा नेपाल ब्याडमिन्टन संघले गरेको योगदानको कदर गर्दै प्रमुख प्रशिक्षक लगायत प्रशिक्षकहरुले संघलाई प्रशंसा पत्रले सम्मान गरेको हो ।
२०६७ सालमा स्थापित यस संघले ब्याडमिन्टनको ईतिहासमानै पहिलो पटक र्याङकिङ प्रतियोगितालाई निरन्तर आयोजना गर्दै ११ औं संस्करण सम्म ल्याई पुर्याएको छ ।
पूर्व खेलाडी श्रेष्ठलाई सम्मान
नेपालमा ब्याडमिन्टन खेलाडीको रुपमा प्रवेश गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितमा प्रतिस्र्धा गर्दै खेल जीवन पश्चात राष्ट्रिय तथा अन्तराष्ट्रिय अम्पायरको रुपमा आफुलाई स्थापित गर्न सफल हुनुका साथै नेपालमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा योगदान पुर्याएका कारण बिराटनगर निवासी लवभक्त श्रेष्ठलाई राष्ट्रिय ब्याडमिन्टन संघले खेलका दौरान प्रशंसा पत्रले सम्मान गरेको छ । श्रेष्ठलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दोशल्ला तथा प्रशंसा पत्र प्रदान गरे ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]