3 years ago
February 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लगातार तीन खेल जित्दै कीर्तिपुर नगरपालिका लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ को लिग खेलमा कीर्तिपुरले मोफसलको टोली कास्कीलाई ९४–४७ ले पराजित गर्दै समूह विजेता बन्यो । कीर्तिपुरका अनिल खड्गीले ७ अंक जोड्दा कास्कीका सुदीप कार्कीले सर्वाधिक १६ स्कोर गरे ।
अपराजित कीर्तिपुरले यसअघि समूह चरणको खेलमा बीएमके र एचआईके भिजनलाई हराएको थियो । क्वाटरफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्न बाँकी छ । पुरुषमै क्याम्पियन सोलो समूह ‘डी’ को उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । क्याम्पियनले एनसीसीएसलाई ६७–५५ ले पाखा लगायो ।
क्याम्पियनका मनेष राजोपाध्यायले १३ अंक जोडे । यो समूहबाट गोल्डेनगेट विजेता हुँदै क्वाटरफाइनल पुगिसकेको छ । समूह ‘ए’ कै अर्को लिगमा एचआईकेले बीएमकेलाई ७५–६८ ले पन्छायो । एचआईकेका विजय लामाले २६ अंक बटुले । तीन खेलमा एचआईकेको पहिलो जित हो ।
महिलाको राउन्ड रोविन लिगमा रोयल बास्केटबल एकेडेमीले कीर्तिपुरमाथि ७६–२१ को सहज जित निकाल्यो । रोयलकी प्रतिक्षा मगरले १६ अंक जोडिन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]