default_image

3 years ago

February 19, 2022

सेन्ट्रल जोन च्याम्पियन टोलीसहित खेलाडी सम्मानित

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीसहित ब्याडमिन्टन र पारा तेक्वान्दो खेलाडीलाई शनिबार सम्मानित गरेको छ । उनीहरुले हासिल गरेको उपलब्धिका लागि नेकोसले नगदसहित सम्मान गरेको हो ।

बंगालादेशमा गत पुसमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको उपाधि विजेता नेपाली महिला टोलीका १२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई १ लाख रुपैयाँसहित प्रशंसा पत्रले सम्मानित गरेको हो । नेपालले अपराजित रहँदै फाइनलमा उज्वेकिस्तालाई ३–२ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक सेन्ट्रल जोन च्याम्पियन बन्न सफल भएको थियो ।

यस्तै जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरिएको छ । सोही अवसरमा खेलप्रेमीद्वारा संकिलत २० हजार नगद पनि प्रिन्सलाई प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।

यस्तै बहराइनको मानामा भएको चौथो युथ एसियन पारा गेम्समा पदक जित्न सफल ३ पारा तेक्वान्दो खेलाडीसहित ५ सदस्यीय टोली पनि सम्मानित भए । स्वर्ण विजेता पलेशा गोबद्र्धनलाई १५ हजार, रजत विजेता सिर्जना घिसिङलाई १० हजार र कांस्य विजेता विशाल गर्बुजालाई ५ हजार नगदसहित सम्मान गरियो । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक नन्दा बस्याललाई पनि नगदसहित सम्मान गरिएको थियो ।

खेलाडी तथा टोलीलाई पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत (कृष्ण) लगायतले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा तेक्वान्दोको प्रदर्शनी खेल प्रस्तुत गर्ने नेपाल टाइगरका टोलीलाई प्रोत्साहन स्वरुप राष्ट्रिय खेलकुद परिषद् एवं कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवरले नगद २० हजार प्रदान गरेका थिए ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.