default_image

3 years ago

February 18, 2022

सुरजको विजयी शुरुवात

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बक्समाण्डुका सुरज महर्जनले १ नम्वर प्रदेशस्तरीय बीर गणेशमान नोभिस बक्सिङ प्रतियोगिता तथा अल नेपाल एनएएन मिस्टर फेदर वेट बक्सिङ च्यािम्पयनसिपमा विजयी सुरुवात गरेका छन् ।

उनले प्रि–क्वाटरफाइनलमा उदयपुरका नारायण भुजेललाई दोस्रो राउण्डमा पराजित गरेका हुन् । वेन्टम वेट ५४ केजीतर्फ एबीसी, सुनसरीका वियान राई र झापाका निश्चल राजबंशीले क्रमशः दपकका फुंगहांग लिम्बु र मोरंगका पिन्स झालाई पराजित गरे ।

नेपाल बक्सिङ संघको तत्वावधानमा सुनसरी बक्सिङ संघको आयोजना एवं धरान उपमहानगरपालिकाको संयोजकत्वमा गतेसम्म सञ्चालन हुने उक्त खेलमा सुनसरी जिल्ला बक्सिङ संघका वरिष्ठ सल्लाहकार विनोद राईले उद्घाटन गरे ।

सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकासकुमार गुवाजुलगायत अतिथिद्वारा यस क्षेत्रका फेदर वेट ५७ किलो तौल समुहमा देशको प्रतिनिधत्व गर्दै अन्तर्रष्ट्रिय स्तरमा नेपाललाई पदक जिताउन सफल तीन जना खेलाडीहरु सम्मान गरिएको छ ।

ओलम्पियन तथा नेपाल बक्सिङ संघका उपाध्यक्ष नरेन्द्र लिम्बु पोमो, सुनसरी जिल्ला बक्सिङ संघका वरिष्ठ प्राविधक सल्लाहकार एवं पुर्व बक्सिङ प्रशिक्षक एवं दक्षिण एशियालीका पदकधारी अनुपकुमार लामा र बक्सिङका सहायक प्रशिक्षक एवं दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता निमा तामाङलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

अल नेपाल फेदर वेटमा ५ जना खेलाडीहअरु र १ नं. प्रदेश गणेशमान सिंह नोबिस बक्सिङ प्रतियोगितामा महिला ११ र पुरुश ३७ जना खेलाडीहरुको सहभागीता रहेको छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.