3 years ago
February 18, 2022
काठमाडौ (हाम्रो खेलकुद) – नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडी लिनिङ ११औं पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
महर्जन जोडीले एपिएफका जोशेप अधिकारी र सुमन लिम्बुको जोडीलाई २१–१५ र २१–१६ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । यस्तै ललितपुरका शसिन डंगोल र सुमित महर्जनको जोडीले एनजेसी डल्लुका रिमोह महर्जन र स्वयं मानन्धरको जोडीलाई २१–१७ र २१–१२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाउने क्रममा एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले ललितपुरका बिकास महर्जन र रदीप महर्जनको जोडीमाथि २१–१६ र २१–१८ को जित निकाले ।
सेनाका प्रफुल महर्जन र नविन श्रेष्ठको जोडी, नेपाल पुलिसका बिष्णु कटुवाल र अनिश श्रेष्ठको जोडी, कास्कीका बिधान अधिकारी र भुगोल गुरुङको जोडी, पुलिसका जीवन आचार्य र सुनिल जोशीको जोडी र बाँकेका ईरफान अन्सारी र धातुका सुदीप सेढाईको जोडीले अन्तिम आठमा स्थान पक्का गरे ।
यु–१७ महिलातर्फ एनआरएनकी सानिया चन्द, दाङकी कृतिका चौधरी, पाल्पाकी सुष्मा बुढा, १६ फिदरकी रिहाना शेरचन र सेनाकी प्रियान्सी बलले क्वाटरफाइनलमा स्थान बनाए ।
यु–१७ पुरुष एकलतर्फ सिल्क ग्रुपका नरेन्द्र बम, सुनसरीका रोधन राईसँगै कपिलबस्तुका राज बर्मा, गुल्मीका जनिश शेरचन, सेनाका बिवेक चौधरी, खोटाङका सविन श्रेष्ठ, सेनाका डेभिड थापा मगर, दाङका अरुण अधिकारी, पाल्पाका सुरोज तिमल्सिना, सुनसरीका ऋिषीकेश राई, फिदरका क्षितिज खनाल, कपिलबस्तुका रोहित बराल, संखुवासभाका सुनिल जंग कार्की, दाङका सनौला रईनी, कैलालीका रोशन साउद र सेनाका आयुश्मान नागरीले अघिल्लो चरणको यात्रा तय गरे ।
मास्टर्स युगल ५५ बर्ष माथि नखिपोटका पदम बुढाथोकी र भागी प्रसाद लिम्बुको जोडी, ललितपुरका रविन्द्र शाक्य र बिरेन्द्र लाल श्रेष्ठको जोडी, क्लब ७ का राजेश शाक्य र बिजय मान सिंहको जोडीले जित निकाले । यसैगरि कास्कीका रमेश भट्टचन र काठमाडौमा उमेश केसीको जोडी, ईमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका सुरेश बस्नेत र दिलबहादुर कदंगवाको जोडी तथा नखिपोटका दिलबहादुर लावती र सरेन देव राईको जोडी अघिल्लो चरणमा प्रवेश गरे ।
महिला एकल १२ बरियताबाहेकमा एनआरएनकी साईना चन्दले दोहोरो जित निकालिन् । यस्तै सुनसरी ब्याडमिन्टन एकेडेमीकी रोजी राईले पनि जित निकालिन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]