default_image

3 years ago

February 17, 2022

दिवश र पूर्ण प्रि–क्वाटरफाइनलमा

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका दिवश शंकर र नेपाल प्रहरीका पूर्ण बहादुर थापा लिनिङ ११औं पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शीर्ष १६ वरियता बाहेकको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६ र २१–१३ ले पराजित गरे । अब दिवशले पूर्णको सामना गर्नेछन् । पूर्णले चितवनका टेकप्रसाद पौडेललाई २१–९ र २१–१६ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लब (नखिपोट सर्कल)को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको सेनाका बिवेक चौधरी र ललितपुरका निखिल भट्टले पनि प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरे । चौधरीले हुम्लाका दशरथ बुढालाई २१–८ र २१–१३ र निखिलले सुर्खेतका अनिल मल्ललाई २१–१९ र २१–१९ ले हराए ।

यस्तै साईनोका राजु थापाले पाल्पाका ज्ञानबहादुर रानालाई २१–६ र २१–११ ले, सेनाका पविन लिनथेपले एपिएफका एशिया जवेगुलाई २३–२१ र २१–४ ले, सेनाका आयुश्मान नागरीले कैलालीका योगेश खड्कालाई १६–२१, २१–५ र २१–१३ ले, कास्कीका भुगोल गुरुङले १६ फिदरका अमन महर्जनलाई २१–१८, २१–२३ र २१–१९ले, सेनाका हिमाल चन्दले एपिएफका नविन सिलवाललाई २१–१०, १३–२१ र २१–१३ ले, कास्कीका बिधान अधिकारीले सिल्क ग्रुपका आशिष तामाङलाई २१–१५ र २१–११ ले पराजित गरे ।

१६ फिदरका क्षितिज खनालले कञ्चनुरका प्रकाश चन्दलाई २१–१८ र २१–१६ ले, सेनाका डेभिड थापा मगरले पाँचथरका किरण श्रेष्ठलाई २१–७ र २१–१३ ले, साईनोका सुजन थापाले चितवनका छिरिङ लामालाई २१–१४ र २१–१२ ले, सिल्क ग्रुपका कविर केसीले संखुवासभाका सुनिल जंग कार्कीलाई २१–१३ र २१–१० ले, नेपाल पुलिसका हिरा राईले कास्कीका बिशन गुरुङलाई १८–२१, २१–१० र २१–१५ ले तथा मोरङका भोजबहादुर गुरुङ्गले सेनाका निशान कटुवाललाई २१–८ र २१–७ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुष युगल ४५ बर्ष माथिको प्रतिस्पर्धामा ईमाडोलका तिलकबहादुर बुढाथोकी र मुकुन्द थापाको जोडीले ललितपुरका सुजन खतिवडा र राजेश महर्जनको जोडीलाई २१–१५ र २१–१७ ले पराजित गर्दै अन्तिम ३२ को लागि छनौट भएका छन् । राजेश राष्ट्रिय च्याम्पियन रशिला महर्जनका पिता हुन् ।

यस्तै अन्तिम ३२ मा छनौट हुने अर्को जोडीमा क्लब ७ का कर्ण बुढा र एण्डी क्षेत्री रहेका छन् । उक्त जोडीले नखिपोटका मुकेश राई र सूर्य देभ राईको जोडीलाई १८–२१, २१–१६ र २१–१८ ले पराजित गरे । अर्को खेलमा खोटाङ्गका बिशन खालिङ र जीवन कुमार राईको जोडीले थेचोका दिवश लबुम र सानबहादुर साम्बाको जोडीबाट वाक ओभर प्राप्त गरे ।

नखिपोटस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु १७ एकलको प्रतिस्पर्धामा १६ फिदरका अमन महर्जनले देवीनगरका अदिश कार्कीलाई २३–२१ र २१–८ ले, गुल्मीका जनिश शेरचनले मोरङका महेश खड्कालाई २१–११ र २१–११ ले, एनजेसी डल्लुका स्वयं मानन्धरले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१–१६ र २१–१२ ले तथा सुनसरीका रोधन राईले १६ फिदरका आरुष सिम्खडालाई २१–५ र २१–१० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाउन सफल भए ।

यस्तै कैलालीका शिसिर रानाले कन्चनपुरका आशिष खत्रीलाई २१–११ र २१–३ ले, पाल्पाका संचार तिमल्सिनाले रिभाईभका दीप थिङ्गलाई २१–७, २१–९ले, कपिलबस्तुका राज बर्माले दाङका ज्याती चौधरीबाट र भक्तपुरका बिवेक भट्टराईले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका तत्सत ढकालबाट वाकओभर प्राप्त गरे । यसैगर बाँकेका राजेश बि.सी.ले ईमाडोल ब्याडमिन्टनका सौर्य महर्जनलाई २१–१६ र २१–१५ ले पराजित गरे ।

खोटाङ्गका सविन श्रेष्ठले प्रत्युश थापाबाट वाकओभर, सेनाका डेभिड थापामगरले पाँचथरका किरण श्रेष्ठलाई २१–१३ र २१–१३ ले, कपिलबस्तुका अभय महराले १६ फिदरका आलोक लामालाई २१–६ र २१–६ ले, दाङ्गका अरुण अधिकारीले सुनसरीका प्रशन्न राईलाई २१–११ र २१–१९ ले तथा पाल्पाका सुरोज तिमल्सिनाले कैलालीका पारश उपाध्यायलाई २१–१५ र २१–१३ ले पराजित गर्दै अन्तिम ३२ को यात्रा तय गरे ।

default_image

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.