3 years ago
February 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिनिङ ११औं पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल (उच्च १६ शिर्ष स्थानका) को क्वाटरफाईनल समिकरण पुरा भएको छ ।
पुरुष एकलको क्वाटरफाईनलमा समूह ए बाट एपिएफका दिपेश धामी र सेनाका प्रफुल महर्जन, समूह बी बाट सेनाका नविन श्रेष्ठ र पुलिसका जीवन आचार्य, समूह सी बाट एपिएफका बिजित थापा मगर र धातुका सुदीप सेढाई, तथा समूह डी बाट रिभाईभका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले स्थान बनाएका छन् ।
नखिपोटस्थित कोर्टमा बुधबार भएको लिगको अन्तिम खेलमा प्रफुल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१–१७ र २१–६ ले पराजित गरे । उनी २ जित १ हारका साथ समूह उपबिजेता बन्यो । अब प्रफुलले क्वाटरफाईनलमा समूह सीका बिजेता बिजित थापा मगरसँग प्रतिस्पर्धा गर्नेछ । दोश्रो खेलमा दिपेश धामीले पुलिसका सुनिल जोशीलाई २१–१२ र २१–१४ ले हराउँदै समूहमा लगातार तेस्रो जत निकाल्यो । दिपेशले समूह सीका उपबिजेता सुदीप सेढाईसँग खेल्नेछ ।
समूह बीको खेलमा सेनाका नविन श्रेष्ठले एपिएफका देवराज रानालाई २१–९ र २१–११ ले पराजित गर्दै समूहमा लगातार तेस्रो जित निकाल्दै समूह विजेता बन्यो । अब नविनले क्वाटरमा समूह डीका उपबिजेता सेनाका रुकेश महर्जनसँग खेल्नेछ ।
समूह सीको अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका साजन कृष्ण ताम्राकारलाई २०–२२, २१–८ र २१–१३ ले पराजित गरे । आचार्य २ जित र एक हारका साथ समूह उपबिजेता बन्यो । उनले समूह डीका बिजेता प्रिन्स दाहालसँग खेल्नेछ ।
समूह सीको खेलमा पुलिसका दीपक बोहराले एपिएफका बिजित थापा मगरलाई २४–२२ र २१–१५ ले पराजित गरे । यस्तै धातुका सुदीप सेढाईले बाँकेका बिलाल वारिसलाई २१–६ र २१–७ ले पराजित गरे । यस समूहमा बिजित, सुदीप र दीपकले प्रत्येकले २ जित १ हार बेहोरे । अंकका आधारमा बिजित समूह बिजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरे । सुदीप र दीपकको अंक पनि बराबर रहेता पनि हेड टु हेडका आधारमा सुदीप सेढाईले क्वाटरफाईनलमा स्थान बनाए ।
समूह डीको अन्तिम लिग खेलमा रिभाईभका प्रिन्स दाहालले सेनाका रुकेश महर्जनलाई २१–१२ र २१–८ पराजित गर्दै आफ्ना तीनै खेलमा जित निकाल्दै समूह बिजेताको रुपमा क्वाटरमा स्थान पक्का गरे । आजको खेलमा पराजित भएता पनि रुकेश २ जितका साथ उपबिजेतका रुपमा क्वाटरफाईनल प्रवेश गरे ।
अर्को खेलमा एपिएफका निरञ्जन देवकोटाले पुलिसक बिष्णु कटुवाललाई २१–१० र २१–१७ ले पराजित गरे । आज जित हात पारेता पनि निरञ्जनले १ जित मात्रका कारण क्वाटरफाईनलमा स्थान बनाउन असफल भए । बिष्णुले भने सवै खेल गुमाए ।
महिला एकलतर्फ क्वाटरफाइनलमा नम्बर एक खेलाडी भोजपुरकी नङशल तामाङले १०औं संस्करणकी बिजेता एपिएफकी जेशिका गुरुङसँग प्रतिस्पर्धा गर्नेछिन् । यस्तै सेनाकी अनुमाया राईले सेनाकै प्राथना देउवा, राष्ट्रिय च्याम्पियन तथा बिश्व जुनियर युगल बरियतामा सातौं स्थानमा रहेकी रशिला महर्जनले एपिएफकी सुनैना मुखियासँग तथा सेनाकी अमिता गिरीले पुलिसकी निता लम्सालको सामना गर्नेछिन् ।
पुरुष एकल (शीर्ष १६ बाहेक) को राउण्ड अफ ६४ को प्रतिस्पर्धामा पुलिसका पूर्ण बहादुर थापा, टेकप्रसाद पौडेल, दिवस शंकर, मिलन राई, बिवेक चौधरी, दशरथ बुढा, निखिल भट्ट, अनिल मल्ल, राजु थापा, ज्ञान बहादुर राना, एशिया जवेगु, पविन लिनथेप, आयुश्मान नागरी, योगेश खड्का, भुगोल गुरुङ, अमन महर्जन र नविन सिलवालले सफलता हात पारे ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]