default_image

3 years ago

February 15, 2022

दोहोरो जित निकाल्दै नङ्सल र रशिला क्वाटरफाइनलमा

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भोजपुरकी नङ्सल देवी तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबबी रशिला महर्जनले दोहोरो जित निकाल्दै लिनिङ ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्तरगत महिला एकलतर्फको शीर्ष १२ भित्र क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरस्थित नखिपोट कभर्डहलमा मंगलबार भएको खेलमा शीर्ष वरियताकी नङ्सले समूह ‘ए’ मा एपिएफकी सुनयना मुखियालाई २१–१३ र २१–८ ले तथा दोस्रो खेलमा सेनाकी रोज पाण्डेलाई २१–१० र २१–१४ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेकी हुन् ।

यस्तै राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले पनि आफ्नो दुवै खेलमा जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । रशिलाले समूह ‘सी’को पहिलो खेलमा एपिएफकी जेशिका गुरुङलाई २१–१५ र २१–१६ ले तथा दोस्रो खेलमा फेलिट नेपालकी तारा आले मगरलाई २१–७ र २१–७ ले पराजित गरिन् ।

जेशिका १०औं संस्करणकी विजेता हुन् । आर्मीकी अमिता गिरी समूह ‘बी’ को विजेता बन्ने क्रममा फेलिट नेपालकी मनिषा खड्कामाथि २१–७ र २१–७ र सेनाकी प्रार्थना देउवामाथि १९–२१, २१–१६ र २१–१७ को जित निकालिन् ।

यसैगरी सेनाकी अनुमाया राईले समूह ‘डी’ को खेलमा एपिएफकी शोभा गौचनलाई २१–१२ र २१–१४ र पुलिसकी निता लम्सालमाथि २१–१४ र २३–२१ को जित निकालिन् । सुनयना मुखिया, प्राथना देउवा, जेशिका गुरुङ र निता लम्सालले पनि समूह उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भइन् ।

पुरुषतर्फ शीर्ष १६ भित्रको एकल प्रतिस्पर्धामा एपिएफका दीपेश धामी, आर्मीका नविन श्रेष्ठ, एपिएफका विजित थापा मगर, रिभाईभका प्रिन्स दाहाल र आर्मीका रुकेश महर्जनले दोहोरो जित निकाले । दिपेशले आर्मीका प्रफुल महर्जनलाई २१–१५, १८–२१ र २१–१४ ले तथा बाँकेका ईरफान अन्सारीलाई २१–८ र २१–१२ ले पराजित गरे । नविनले एपिएफका साजन कृष्णा ताम्राकारलाई २–१ ले तथा जीवन आचार्यलाई २१–७, २१–१५ ले पराजित गरे ।

बिजितले बाँकेका बिलाल बारिसलाई २१–९ र २१–१० र धातुका सुदीप सेढाईलाई २१–१४ र २१–१७ ले हराए । १०औं संस्करणका बिजेता प्रिन्सले बिष्णु कटुवाललाई २१–९, २१–१० ले तथा निराजन देवकोटालाई २१–४ र २१–९ ले पराजित गरे । यस्तै रुकेशले निराजन देवकोटालाई २१–१० र २१–८ ले तथा बिष्णुलाई २१–१३ र २१–१२ ले पराजित गरे । सुनिल, साजन, जीवन, सुदिप र दीपकले समान एक जित र एक हार बेहोरे ।

प्रतियोगिताको अवसरमा हालै विश्व ब्याडमिन्टनको जुनियरतर्फ नम्बर १ हुन सफल प्रिन्स दाहाल र महिला युगलतर्फ नम्बर ७ मा उक्लिन सफल रशिला महर्जनलाई नगद ८ हजार ५ सय र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । लिनिङ ११औं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.