3 years ago
February 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार सफल सुरुआत गरेको छ ।
प्रहरीले कीर्तिपुर नगरपालिकालाई ७८–२३ ले सहजै पराजित ग¥यो । प्रहरीकी समिक्षा न्यौपानेले ११ अंक जोडिन् । कीर्तिपुरकी झरना वज्राचार्यले १३ स्कोर गरिन् । प्रहरीले ३२ अंक जोड्दा कीर्तिपुर बल्ल खाता खोल्न सफल भएको थियो । चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले क्रमशः २१–०, २४–६, १८–१० र १५–७ अंक जोड्यो ।
नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा टाइम्स बास्केटबल र गोल्डेनगेटले जित निकाले । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा टाइम्सले जेभियर इन्टरनेसनललाई ११७–६४ ले हरायो ।
टाइम्सका विजय बुर्जाले २४ तथा जेभियरका राहुल नायकले १४ स्कोर गरे । दोश्रो क्वाटरमा १३–२० ले पछि परेको टाइम्स बाँकी प्रत्येक क्वाटरमा भने दोब्बर भन्दा बढी अंकले अगाडि रहँदै फराकिलो अन्तरको जित हात पार्न सफल भयो । टाइम्सले पहिलोमा ३५–१६, तेश्रोमा ३१–१५ र चौथोमा ३८–१३ को अग्रता लियो । प्रतिस्पर्धात्मक अन्तिम खेलमा गोल्डेनगेटले एनसीसीएसमाथि ७७–७४ को रोमाञ्चक जित रच्यो ।
गोल्डेनगेटका अभिषेक सिंहले ३२ अंक बटुले । एनसीसीएसका सौगात सिंहले १८ अंक जोडे । अन्तिम क्वाटरमा लिएको २६–१७ को अग्रतानै गोल्डेनगेटको जितको आधार बन्यो । पहिलोमा १८–२१ र दोश्रोमा १३–१६ ले पछि परेको गोल्डेनगेट तेश्रोमा २०–२० को बराबरीमा रोकिएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।