3 years ago
February 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको भएको छ ।
सोमबारदेखि शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी गराए । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
नेपाल बास्केटबल संघकै आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ टिम मात्र सहभागी हुने भएका छन् । यसअघि १४ टिम सहभागी हुने भनिएकोमा बंगालादेशको नेभी टिम नआउने भएको आयोजकले जनाएको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ ।
महिलातर्फ भने पाँचै टिमको सहभागिता रहने छ । राउन्ड रविन लिगका आधारमा हुने स्पर्धामा शीर्ष २ स्थानमा रहने टिमले उपाधिका लागि पुनः प्रतिस्पर्धा गर्ने छन् । पहिलो दिन ३ खेल हुनेछ । पुरुषको २ र महिलाको १ खेल हुनेछ ।
उद्घाटन खेलमा पुरुषतर्फ बीएमके र कीर्तिपुर नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमै अर्को खेल ड्रिम टिम र शंकरदेव क्याम्पसबीच हुनेछ । महिलामा ललितपुर हाइ र रोयल बास्केटबल एकेडेमीले खेल्नेछन् । फाइनल फागुन १२ गते हुनेछ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]