default_image

3 years ago

February 13, 2022

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग क्रिकेटको तयारी पूरा

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा सोमबारदेखि सुरु हुने यु–१९ विद्यालय स्तरीय धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग टि२० क्रिकेट प्रतियोगिताको छैटौं संस्करणको तयारी पुरा भएको छ। प्रतियोगिता ३ देखि १४ फागुनसम्म धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुनेछ।

आइतबार धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन्। ट्रफी सार्वजनिक गर्दै मेयर वडले धनगढीलाई क्रिकेट शहरको रुपमा परिचित गराउने उपमहानगरपालिकाको उद्देश्य अनुरुप यस्ता प्रतियोगिताले थप उर्जा मिलेको बताए । उनले प्रतियोगिताको सफलतको समेत शुभकामना ब्यक्त गरे।

नेपाली अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान देव खनालसहित उपकप्तान शेर मल्ल लगायत यु–१९ राष्ट्रिय क्रिकेटरहरु अर्जुन साउद, आदील अन्सारी, राहुल भण्डारी, बिपिन रावल, आकाश चन्द, बिशाल बिक्रम केसी, बसिर एहमद जस्ता खेलाडीहरु बिभिन्न टिमहरुबाट प्रतियोगिता खेल्दैछन्।

टि२० फर्म्याटमा खेलाइने प्रतियोगितामा १० बिद्यालय टिम सहभागी छन्। सहभागी टिमहरुलाई ‘ए’ र ‘बि’ गरि दुई समुहमा विभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठमाडौं, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् ।

त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् । यस्तै भोलिहुने उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन्।

प्रतियोगिताको लागि संघीय प्रहरीको खेल मैदान दुई महिना अगाडी देखि तयार गरिएको थियो जसले पूर्णता पाएको छ। यसअघि माघ २२ गते सुरु हुने घोषणा गरिएता पनि कोभिड–१९ का कारण १० दिन सारिएको हो।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन्।

September 28, 2024

सोमपालले एकै ओभरमा २ विकेट लिए

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ महत्वपुर्ण विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका हुन् । आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाल र अन्तिम बलमा दिलप्रित बाज्वालाई आउट गराए । त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि […]

September 27, 2024

पुलिस र स्ट्याग उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ मा फाइनलमा प्रवेश गरेका छन् । पुलिस फाइनलमा पुगेको दोश्रो पटक हो । गत संस्करणमा स्ट्याग तेश्रो भएको थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रवार भएको सेमिफाइनलको पुरुष सिंगल्समा पुलिसका वंश सिंघलले एपिएफका राजीव […]

September 27, 2024

बहराइसँगको‌ हारपछि नेपालको समूह चरणबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटमा शुक्रवार नेपाल‌ बहराइनसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको छ। तेस्रो हारमा नेपालको छनोटको यात्रा समाप्त भएको छ। समुह चरणको अन्तिम खेलमा कमजोर नेपाल विरूद्ध बहराइन खेल अवधिभर नै हाबी रहयो। खेलको २८औं मिनेटमा सामी बासामको फ्रि-किक प्रहार सिधेै गोलमा परिणत भएपछि बहराइनले १-० को अग्रता बनायो। […]

Success

Thank you for your time.