3 years ago
February 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अल्पाइनका पुष्पप्रसाद गौतम र मिनिल्यान्डकी चन्दु शाहीले प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
पुरुषमा पुष्पले ६।.० अंक तथा महिलामा चन्दुले ६.७६ अंक जोडे । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान तामाङ तेश्रो भए ।
महिलामा लुनारकी रंगिला रोका दोश्रो तथा विद्याआर्जनकी मुना खवास मगर र पिस नेपालकी सारदा धिमाल तेश्रो बने । पुरुष-महिला दुवैमा पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २÷२ हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताको पुरुषमा २९ तथा महिलामा ८ डोजाङ प्रमुखले प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]