3 years ago
February 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप २०२२ मा अन्तर्राष्ट्रिय लाइन जजको रुपमा सहभागिता जनाउन नेपालबाट वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप मलेसियाको राजधानी क्वालालम्पुरमा १५ देखि २० फेब्रुअरीसम्म सञ्चालन हुदैछ । च्याम्पियनसिपमा सहभागी हुनुअघि ६ दिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।
एसियन टिम च्याम्पियनसिपमा यो उनको दोस्रोपटक सहभागिता हो । यसअघि उनले २०१९ मा हङकङमा भएको संस्करणमा पनि नेपालको प्रतिनिधित्व गरेको हो । च्याम्पियनसिपपछि हङकङ नेपाल ब्याडमिन्टन संघले उनलाई सम्मानित गरेको थियो ।
यसअघि उनले गत वर्ष जापानमा सम्पन्न टोकियो पारालिम्पिक ब्याडमिन्टनमा नेपालको प्रतिनिधित्व गरेको थियो । अर्याल प्रथम नेपाली ब्याडमिन्टन टेक्निकल अफिसियल समेत हुन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]