3 years ago
February 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई सहयोग प्रदान गरेको छ ।
संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षकहरु, पूर्व तथा हालका खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० बराबरको रकम तथा खाद्यान्न सहयोग संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापा र पूर्व च्याम्पियन बिकास श्रेष्ठले ललितपुर, बिष्टछापमा बसोबास गर्दै आईरहेकी राणालाई प्रदान गरेको हो ।
ब्याडमिन्टनकी पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेकी राणा विगत लामो समय देखि ब्लड क्यान्सरसँग संघर्ष गर्दै आईरहेकी छिन् । रोगकै कारण हाल उनले आर्थिक कठिनाई ब्यहोर्दै आईरहेकी छिन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]