3 years ago
February 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन् । नेपालले एक स्वर्ण र दुई रजत जितेका हुन् ।
अनलाइन पुम्से प्रतियोगिताको ५०–६० वर्षको उमेर समूहमा प्रेमकुमार दर्नालले स्विट्जरल्यान्डका डी फेरिता फान्कोइलाई पछि पार्दै स्वर्ण जितेका हुन् । दर्नालले ६.७१७ अंक ल्याउँदै स्वर्ण जित्दा फान्कोइले ६.६६७ अंक जोडेका थिए ।
यसैगरी अनलाइन पुम्सेमै सञ्जीव नेपाल र सन्दीपा अमगाईंले भने रजत पदक जितेका छन् । ३०–४० वर्ष उमेर समूहमा रजत पदक जितेका सञ्जीवले ६.८०० अंक पाएका थिए । स्वर्ण जितेका मकाउका याङ मिङ तेक्वान्दो डोजाङका काइ ल्योङ यीपले ६.८६७ अंकका साथ पहिलो स्थान हात पारेका थिए ।
यसैगरी १८–३० वर्षको उमेर समूहमा सन्दीपाले ५.७६७ अंक जोड्दै रजत पदक जित्न सफल भइन् । उनी पनि मकाउकै याङ मिङ तेक्वान्दो डोजाङकी कावामासँग पछि परिन् । कावामाले ६.५३३ अंक जोड्दै स्वर्ण पदक जितिन् । प्रतियोगितामा नेपाललगायत अमेरिका, फिलिपिन्स, स्विट्जरल्यान्ड, मकाउ, स्लोभेनियालगायतका राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]