3 years ago
January 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ ।
आयोजकले प्रतियोगिता ३ देखि ७ फागुनसम्म नखिपोट ललितपुरमा हुने जानकारी गराएको छ । यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिंदै संयुक्त आयोजकको रुपमा आफृुलाई उभ्याएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा पुरुष एकल (शीर्ष १६), पुरुष एकल (शीर्ष १६बाहेक), पुरुष युगल (खुला), महिला एकल (शीर्ष १२), महिला एकल (शीर्ष १२ बाहेक), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्ष माथि र मास्टर्स ५५ बर्ष माथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराए ।
कुल २१ लख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ९८ हजार खर्च रहेको छ । लिग चरणको पुरुष एकल (शीर्ष १६) र महिला एकल (शीर्ष १२) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १ हजार ५ सय प्राप्त गर्नेछन् । त्यसपछि लिग चरणमा बिजयी हुने प्रत्येक खेलाडीले थप १ हजार ५ सय प्राप्त गर्नेछन् ।
यस्तै क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरुले थप ८ हजार तथा सेमिफाइनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्नेछन् । यसैगरि फाईनलमा बिजयी खेलाडीले थप २० हजार र उपबिजेता खेलाडीले थप ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष एकल (शीर्ष १६बाहेक), महिला एकल (शीर्ष १२ बाहेक), पुरुष र महिला युगल, भेट्रान्स ४५ बर्षमाथि र मास्टर्स ५५ बर्ष माथिका विजयीले क्रमश प्रथमले २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।
यु–१७ पुरुष तथा महिला एकलतर्फ पहिलोले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले ४ हजार प्राप्त गर्नेछन् । प्रतियोगितालाई योनेक्स सनराइजले प्रायोजन गरेको छ । प्रतियोगितालाई योनेक्स सनराइजले प्रायोजन गरेको छ । प्रतियोगिता योनेक्स सनराइज पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको नामबाट हुनेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]