3 years ago
January 30, 2022
एजेन्सी – स्पेनिस टेनिस स्टार राफायल नाडालले सुरुवाती दुई सेटमा पछि परेको स्थितिबाट सानदार पूनरागमन गर्दै करिअरको २१औं ग्रान्डस्लामको रुपमा अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।
प्रतियोगिताका छैटौं वरीयताका नाडालले दोस्रो वरीयताका रसियन ड्यानियल मेडभेडेभलाई ३–२ को पूनरागमन जित निकाल्दै अष्ट्रेलियन ओपनको च्याम्पियन बन्न सफल भएका हुन् । अष्ट्रेलियन ओपनको च्याम्पियन बनेसँगै नाडाल सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । उनले स्वीस रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिचलाई पछि पार्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका हुन् । रोजर र नोभाकले समान २० ग्रान्डस्लाम उपाधि जितेका छन् ।
मेलवर्न पार्कमा आइतबार भएको रोमाञ्चक, प्रतिस्पर्धात्मक र झन्डै ६ घन्टा चलेको खेलमा नाडालले सुरुवाती दुई सेट २–६ र ६–७ (५–७) ले गुमाएका थिए । पहिलो सेटमा नाडाल २–१ ले तथा दोस्रो सेटमा ४–१ ले अघि रहेपनि त्यसलाई जोगाउन नसक्दा दुवै सेट गुमाए । त्यसपछि खेलमा पूनरागमन गरेका नाडालले तेस्रो र चौथो सेट समान ६–४ र ६–४ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किए ।
निर्णायक तथा पाँचौ सेटमा सुरुवाती समयमा पछि परेको नाडालले अर्काे पूनरागमन गर्दै उपाधि जितेका हुन् । तेस्रो गेममा १-२ ले पछि परेका नाडालले लगातार तीन गेम जित्दै ४-२ को अग्रता लिए । त्यसपछि मेदभेदेवले खेलमा फर्कने प्रयास गर्दै ५-५ को बराबरी गरेपनि नाडालले सर्भ ब्रेक गर्दै अर्को गेम जितेपछि ७-५ ले पाँचौ सेट जित्दै उपाधि पक्का गरे ।
नाडालसँगको हारसँगै २५ वर्षीय मेडभेडेभले करिअरको दोस्रो ग्रान्डस्लाम उपाधि जित्न असमर्थ रह्यो । यसअघि मेडभेडेभले सन् २०२१ मा नोभाक जोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।
२१औं ग्रान्डस्लाम उपाधि जितेको ३५ वर्षीय नाडाल छैटौंपटक अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गर्दै दोस्रोपटक उपाधि जित्न सफल भएका हुन् । यसअघि नाडाले सन् २००९ मा स्वीस रोजर फेडेररलाई हराएर पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए । त्यसयता उनले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गरेपनि च्याम्पियन बन्न भने सकेका थिएनन् ।
नाडालले फ्रेन्च ओपन सर्वाधिक १३ पटक, युएस ओपन चारपटक, विम्वल्डन दुई पटक र दुईपटक अष्ट्रेलियन ओपन गरी कुल २१ ग्रान्डस्लाम जितेका छन् । नाडाल समग्रमा २९औं पटक ग्रान्डस्लामको फाइनल खेल्दा २१ फाइनल जित्न सफल भए । चारपटक अष्ट्रेलियन ओपनको फाइनलमा पराजित नाडाल २००६, २००७, २०११ मा विम्वल्डन र २०११ मा युएस ओपनको फाइनलमा पराजित भएका थिए ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]