3 years ago
January 28, 2022
एजेन्सी – कीर्तिमानी २१ पटक ग्रान्डस्लाम उपाधि जित्ने संघारमा रहेको स्पेनिस टेनिस खेलाडी राफयल नाडालले अष्ट्रेलियन ओपनको फाइनलमा रसियन ड्यानिल मेडभेडेभ प्रतिद्धन्द्धी पाएको छ ।
मेलवर्न पार्कमा शुक्रबार भएको दोस्रो सेमिफाइनमा ग्रीसका स्टेफानोस सिट्सीपासलाई ३–१ को सेटमा पराजित गर्दै मेडभेडेभ लगातार दोस्रो वर्ष फाइनलमा पुग्न सफल भएको हो ।
दोस्रो वरीयताका मेडभेडेभले चौथो वरीयताका स्टेफानोस सिट्सीपासलाई पहिलो सेटमा ७–६ (७–५) को संघर्षपूर्ण जित निकालेको थियो ।दोस्रो सेट ४–६ ले गुमाएपनि त्यसपछि मेडेभेडेभले उच्च प्रदर्शन गर्दै ६–४ र ६–१ को एकपक्षीय जित निकाल्दै फाइनलमा नाडालसँगको भेट पक्का गरेको हो । फाइनल आइतबार हुनेछ ।
२५ वर्षीय मेडभेडेभ समग्रमा चौथोपटक कुनैपनि ग्रान्डस्लामको फाइनलमा प्रवेश गरेको हो । यसअघि तीन फाइनल खेल्दा एकपटक च्याम्पियन बनेको मेडभेडेभले गत वर्ष युएस ओपनमा शीर्ष वरीयताका नोभाक जोकोभिचलाई हराएका थिए । २०२१ कै अष्ट्रेलियन ओपनमा जोकोभिचसँग हार भोगेको मेडभेडेभले २०१९ को युएस ओपनमा राफायल नाडालसँग पराजित भएको थियो ।
नाडालले शुक्रबारै इटालीका माटियो बेरारटिनीलाई ६–३, ६–२, ३–६ र ६–३ को सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । नाडाल छैटौंपटक अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गर्दा सन् २०१९ पछि फाइनलमा प्रवेश गरेका हुन् ।
नाडालले २००९ मा स्वीस रोजर फेडेररलाई हराएर पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेको थियो । त्यसयता उनले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गरेपनि च्याम्पियन बन्न भने सकेका छैनन् । नाडालले फ्रेन्च ओपन सर्वाधिक १३ पटक, युएस ओपन ४ पटक, विम्वल्डन २ पटक र एकपटक अष्ट्रेलियन ओपन गरी कुल २० ग्रान्डस्लाम जितेका छन् ।
नाडालले २०१९ मै फ्रेन्च र युएस ओपन जितेका थिए । त्यसयता उनी उपाधिविहीन थिए । नाडाल समग्रमा २९औं पटक ग्रान्डस्लामको फाइनलमा पुगेका हुन् । उनले जसमध्ये २० उपाधि जितेका छन् । चारपटक अष्ट्रेलियन ओपनको फाइनलमा पराजित नाडाल २००६, २००७, २०११ मा विम्वल्डन र २०११ मा युएस ओपनको फाइनलमा पराजित भएको थियो ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]