default_image

3 years ago

January 28, 2022

नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

167 views

0 Bookmark

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा शुक्रबार भएको सेमिफाइनलमा नाडालले इटालीका माटियो बेरारटिनीलाई ३–१ को सेटमा हराएर उपाधि नजिक पुगेका हुन् ।

सातौं वरीयताका बेरारटिनीमाथि नाडालले ६–३, ६–२, ३–६ र ६–३ को सेटमा जित निकाल्दै २१औं ग्रान्डस्लामको जित नजिक पुगेको हो । २१औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा रहेका ३५ वर्षीय नाडाल छैटौंपटक अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गर्दा सन् २०१९ पछि फाइनलमा प्रवेश गरेका हुन् ।

नाडालले २००९ मा स्वीस रोजर फेडेररलाई हराएर पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेको थियो । त्यसयता उनले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गरेपनि च्याम्पियन बन्न भने सकेका छैनन् ।

अब नाडालले उपाधिका लागि ड्यानिल मेडेभेडेभ र स्टेफानोस सिट्सीपासबीचको विजेतासँग आइतबार खेल्नेछ । यि दुईबीच आज नै प्रतिस्पर्धा हुदैछ ।

नाडालले फ्रेन्च अ‍ोपन सर्वाधिक १३ पटक, युएस ओपन ४ पटक, विम्वल्डन २ पटक र एकपटक अष्ट्रेलियन ओपन गरी कुल २० ग्रान्डस्लाम जितेका छन् । नाडालले २०१९ मै फ्रेन्च र युएस ओपन जितेका थिए । त्यसयता चोटसँग जुध्न पुग्दा उनले कुनैपनि उपाधि जित्न सकेका छैनन् ।

नाडाल समग्रमा २९औं पटक ग्रान्डस्लामको फाइनलमा पुगेका हुन् । उनले जसमध्ये २० उपाधि जितेका छन् । चारपटक अष्ट्रेलियन ओपनको फाइनलमा पराजित नाडाल २००६, २००७, २०११ मा विम्वल्डन र २०११ मा युएस ओपनको फाइनलमा पराजित भएको थियो ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.