3 years ago
January 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले सार्वजनिक गरेको विश्व वरियताको जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।
जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुग्ने पहिलो नेपाली महिला खेलाडी बनेकी हुन् ।
नेपाल ब्याडमिन्टन संघले प्रेश विज्ञप्ती जारी गर्दै रशिलालाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान र मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न शुभकामना दिएको छ ।
यस्तै नेपाली ब्याडमिन्टन खेलाडीहरुले एकपछि अर्को उचाईलाई छुन सफल भएकोमा खुसी व्यक्त गर्दै संघ माथि खेलाडीहरुको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरुको स्तरलाई पनि उकास्न थप दबाब परेको र त्यसमा संघ सदा अग्रसर रहने सोहि विज्ञप्तीमा उल्लेख छ ।
विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा पुरुष जुनियर एकलतर्फ नेपालका अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]