3 years ago
January 23, 2022
एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा आइतबार भएको प्रि–क्वाटरफाइनलमा नाडालले फ्रान्सेली एड्रियन मान्नारिनोलाई ३–० को सोझो सेटमा पराजित गर्दै अनितम आठमा पुग्न सफल भएको हो ।
२१औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा रहेका ३५ वर्षीय नाडालले पहिलो सेटमा ७–६ (१६–१४) को कठिन जित निकालेपनि त्यसपछिको दुवै सेट समान ६–२ र ६–२ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । पहिलो सेटपछि चोट बोक्न पुगेको एड्रियनले त्यसपछिको सेटमा नाडाललाई बलियो चुनौती पेश गर्न सकेन ।
अब नाडालले क्वाटरफाइनलमा सापोभालोभसँग प्रतिस्पर्धा गर्नेछ । क्यानडाका २२ वर्षीय सापोभालोभले जर्मनीका स्वर्ण विजेता एलेक्सन्डर जेभेरेभलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
१४औं वरीयताका सापोभालोभ पहिलोपटक क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । तेस्रो वरीयताका जेभेरेभको हारले अब अष्ट्रेलियन ओपनमा नाडाल मात्रै अघिल्लो चरण प्रवेश गर्ने शीर्ष वरीयता एक्लो खेलाडी बनेका छन् ।
यस्तै उनी क्वाटरफाइनलमा पुग्ने उनी एकमात्रै पूर्व च्याम्पियन हुन् । उनले २००९ मा स्वीस रोजर फेडेररलाई हराएको पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेको थियो । त्यसयता उनले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गरेपनि च्याम्पियन बन्न भने सकेका छैनन् ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]