default_image

3 years ago

January 21, 2022

नाडाल अष्ट्रेलियन ओपनको चौथो चरणमा

228 views

0 Bookmark

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा शुक्रबार भएको ३०औं वरीयताका रसियन करिन खाँचानोभलाई ३–१ को सेटमा पराजित गर्दै नाडालले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

एक पटकको च्याम्पियन तथा पाँचपटक फाइनलमा प्रवेश गरेको ३५ वर्षीय नाडालले खाँचानोभलाई ६–३, ६–२, ३–६ र ६–१ को सेटमा हराउन सफल भयो । अब नाडालले प्रि–क्वाटरफाइनलमा १५औं वरीयताका रसियन अस्लान कारातसेभसँग खेल्नेछ ।

नाडालले ओलम्पिकमा रजत पदक विजेता खाचानोभसँग कुनैपनि समय दवावमा खेल्नुपरेन । प्रि–क्वाटरफाइनलमा पुग्ने उनी एकमात्रै पूर्व च्याम्पियन हुन् । उनले २००९ मा स्वीस रोजर फेडेररलाई हराएको पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेको थियो । त्यसयता उनले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गरेपनि च्याम्पियन बन्न भने सकेका छैनन् ।

कोरोना खोप नलगाएका कारण खेल्नबाट बञ्चित रहेका २० पटकको ग्रान्डस्लाम च्याम्पियन सर्वियन नोभाक जोकोभिच र चोटबाट पूनरागमनको प्रयासमा रहेको स्वीट्जरल्यान्डका रोजर फेडेररको अनुपस्थितिमा उनलाई यसपटक च्याम्पियन बन्ने सुवर्ण अवसर रहेको छ । उनी पनि चोटबाट पूनरागमन गर्दै पहिलो ग्रान्डस्लाम खेलिरहेका छन् ।

यस्तै तेस्रो वरीयताका जर्मनीका एलेक्सान्डर जेभेरेभ र सातौ वरीयताका इटालीका माटियो बेरारटिनीले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।

जेभेरेभले मोल्दोभाका राडु अल्बोटलाई ६–३, ६–४ र ६–४ को सोझो सेटमा हराउँदा बेरारटिनीले स्पेनका १८ वर्षीय कार्लाेस एल्काराजलाई पाँचौ सेटमा हराउन सफल भएको हो । बेरारटिनीले ६–२, ७–६ (७–३), ४–६, २–६ र ७–६ (१०–५) को संघर्षपुर्ण सेटमा जित निकाल्न सफल भएको हो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.