default_image

3 years ago

January 20, 2022

आर्मी र गण्डकी सेमिफाइनलमा

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आर्मीको फराकिलो जितमा कमला चन्दले ह्याट्रिकसहित ४, निलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल गरिन् । आर्मीकी अन्जना चन्द ‘वुमन अफ द म्याच’ घोषित भइन् ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोश्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो । कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरिन् । गण्डकीकी सविना पुन राना ‘वुमन अफ द म्याच’ बनिन् ।

विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ । अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाएका छन् । दुवै सेमिफाइनल शुक्रबार हुने छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.