3 years ago
January 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएकी छिन् ।
उज्वेकिस्तानको तस्कन्त शहरमा हुने च्याम्पियनसिपका लागि बुधबार राति गरिएको पीसीआर परिक्षणमा पोजेटिभ नतिजा आएपछि अन्तिम समयमा प्रतियोगिता खेल्नबाट बञ्चित हुने नेपाल बक्सिङ संघले जनाएको छ ।
अब एशियन बक्सिङ कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान बक्सिङ संघको आयोजनामा हुने एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता हुने छैन ।
जनवरी २० देखि ३० सम्म हुने सो च्याम्पियनसिपमा नेपालबाट सुष्माले मात्र सहभागिता जनाउने तय भएको थियो । उज्वेकिस्तान जाने टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले आफ्नै निवासबाट बिदाई गरेका थिए ।
सुष्माले सो च्याम्पियनसिपमा ४८ केजी तौल समुह मुनि प्रतिस्पर्धा गर्ने तालिका थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै लक्षण नदेखिएको संघले जनाएको छ । उनीसँगै टिममा जाने प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नविन तण्डुकारको भने रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]