3 years ago
January 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मधेस प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधबार जित हात पारेको छ । समूह ‘ए’ को लिग खेलमा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित गरेको हो ।
मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले गोल गरिन् । गीता ‘वुमन अफ द म्याच’ घोषित भइन् । बुधबार दुई खेल भएकोमा एक खेल बराबरीमा टुंगियो ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको समूह ‘बी’ को लिगमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले गोलरहित बराबरी खेले । गण्डकी कमलादेवी घर्ती पुन ‘वुमन अफ द म्याच’ चुनिइन् । प्रतियोगितामा ६ टिम सहभागी छन् ।
समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, मधेस र प्रदेश १ तथा समूह ‘बी’ मा सुदूरपश्चिम, गण्डकी र दोश्रो संस्कणको विजेता लुम्बिनी छन् । आर्मी पहिलो संस्करणको पनि विजेता हो । फाइनल माघ ८ गते हुने छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]