3 years ago
January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ । प्रिन्स सोही कलेजमा ११ कक्षामा अध्ययनरत छन् ।
मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।
कलेजले प्रिन्सको अध्ययनका आवश्यक सम्पूर्ण खर्चमा छात्रबृत्ति दिने निर्णय गरेको प्रिन्सिपल तिवारीले कार्यक्रममा जानकारी दिए । राष्ट्रको गौरवका रुपमा रहेका प्रिन्सलाई उच्चशिक्षाको अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्दै तिवारीले प्रिन्सकै सम्मानमा कलेजले क्याम्परस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणासमेत गरेका छन् । हिसानका अध्यक्ष सिलवालले पढाइलाई पनि उत्तिकै प्राथमिकतामा राख्न प्रिन्सलाई सुझाव दिए ।
विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले सन् २०२२ को लागि सार्वजनिक गरेको विश्व वरीयतामा १८ वर्षीय प्रिन्स शीर्ष स्थानमा पुगेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।