3 years ago
January 17, 2022
बागलुङ (हाम्रो खेलुकद) – रस आवर फुटसल प्रा।लिले आयोजना गरेको विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि सिदार्थ शिक्षा सदनले जितेको छ ।
आईतबार भएको फाइनलमा सिदार्थ शिक्षा सदनले आदर्श विद्यामन्दिर माविलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । आदर्शले खेलमा दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा उपविजेतामा चित्त बुझायो ।
आदर्शले खेलको दोस्रो मिनेटमै व्रिजेश शाक्यको गोलबाट अग्रता लिएको थियो । खेलको १२औं मिनेटमा सिदार्थका रविन्द्र खत्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । १३औं मिनेटमा सुशिल खत्रीले गोल गर्दै आदर्शलाई दोस्रो पटक अग्रता दिलाएपनि सिदार्थका दिप श्रेष्ठले २३ औं मिनेटमा र सौरभ केसीले २४ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
आईतबार नै भएको पहिलो सेमिफाइनल खेलमा आदर्श विद्यामन्दिर माविले चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल ‘ए’लाई ४–३ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा शिदार्थ शिक्षा सदनले चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल ‘बि’लाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
उपाधि जितेको सिदार्थले नगद पाँच हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्यो । शनिबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ बजारका ६ ओटा विद्यालयका १० टिमको सहभागिता रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]