3 years ago
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्ट क्षेत्री र नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
आर्मीलाई पुरुषतर्फको उपाधि र एपिएफलाई महिलातर्फ उपाधि जिताउन धन र सरस्वतीले सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए । पुरुषतर्फ टिप टप हेल्प नेपालका विनित कुमार प्रतियोगिता कै उत्कृष्ट स्पाइकर चुनिए । हेल्प नेपाललाई फाइनल सम्म पुर्याउन उनले उच्च प्रदर्शन गरेका थिए ।
हेल्प नेपालकै अमित उत्कृष्ट ब्लकर, नेपाल पुलिसका कप्तान इम रानामगर उत्कृष्ट सर्भर, आर्मीका हरि हजुर थापा उत्कृष्ट सेटर र ईश्वर थापा मगर उत्कृष्ट डिफेन्डर चुनिए । च्याम्पियन आर्मीका जगत बहादुर सिंह उत्कृष्ट प्रशिक्षक चुनिए ।
महिलातर्फ एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिन् । आर्मीकी शान्ती कुमारी थारु उत्कृष्ट स्पाइकर, एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर, निरुता ठगुन्ना उत्कृष्ट सर्भर, आर्मीकी कृपा अधिकारी उत्कृष्ट सेटर र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्सकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिन् । एपिएफका महेश बहादुर चौधरी महिलातर्फ उत्कृष्ट प्रशिक्षक चुनिए ।
महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गरे । हरेक विधाका (उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा आर्मीले टिप टप हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको थियो । आर्मीले हेल्प नेपाललाई २५-१८, २४-२६, १८-२५ र २५-१९ ले हराउँदै उपाधि जितेको हो । च्याम्पियन आर्मीले ३ लाख, उपविजेता टिप टपले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।
महिला तर्फ एपिएफले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको थियो । खेलमा एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा हराएको थियो ।
उपाधिसँगै एपिएफले ३ लाख रुपैया हात पारेको छ । दोस्रो भएको आर्मीले १ लाख ५० हजार रुपैयाँ हात पारेको छ । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्सले ७५ हजार तथा चौथो भएको पुलिसले ३५ हजार रुपैया हात पारे । २६ पुसदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]