default_image

3 years ago

January 15, 2022

आर्मीलाई हराउँदै एपिएफ च्याम्पियन

217 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपिएफले आर्मीलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । एकपक्षीय खेलमा एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा हराउन सफल भयो ।

यससँगै एपिएफले लिग चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । एपिएफले लिग चरणमा ३–१ को सेटमा पराजित भएको थियो । एपिएफले फाइनलमा आर्मीलाई कुनैपनि समय खुलेर खेल्नै दिएन ।

उपाधिसँगै एपिएफले ३ लाख रुपैया हात पारेको छ । दोस्रो भएको आर्मीले १ लाख ५० हजार रुपैयाँ हात पारेको छ । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्सले ७५ हजार तथा चौथो भएको पुलिसले ३५ हजार रुपैया हात पारेको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.