default_image

3 years ago

January 15, 2022

टाइगर कप – हेल्प नेपाल र आर्मी उपाधिका लागि खेल्दै

307 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ टिप टप हेल्प नेपाल र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा मध्यान्ह १२ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ । हेल्प नेपाल लिगर चरणमा पाएको जितलाई निरन्तरता तथा काठमाडौंमा गत असोजमा भएको एनभिए कपको फाइनलमा भोगेको हारको बदला लिदै च्याम्पियन बन्न योजनामा कोर्टमा उत्रनेछ ।

नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीकै पुर्व सदस्य सन्जय अर्यालको कप्तानीमा कोर्टमा उत्रने हेल्प नेपालसँग तीन भारतीय राष्ट्रिय टोलीका खेलाडीको साथ रहेको छ । विनित कुमार, अमित गुलिया र मथुसामीसँगै सुरेन्द्र बम, नविन महतो, धिरज बस्नेत, दीपक थापा, जगदिश सुवेदी, सन्जय परियार, विवश आले सनोज चौधरी टोलीमा रहेका छन् ।

यता, आर्मी पनि लिग चरणमा भोगेको हारको बदला लिदै च्याम्पियन बन्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । पहिलो संस्करणको उपविजेता आर्मीले गत असोजमा भएको एनभिए कपमा हेल्प नेपाललाई नै हराउँदै उपाधि जितेको थियो । आर्मी सोही प्रदर्शन दोहो¥याउँदै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीसँग कुनै न कुनै समय राष्ट्रिय टोलीबाट खेलेका ११ खेलाडीको साथ रहेको छ । धन बहादुर भट्ट क्षेत्री, मान बहादुर श्रेष्ठ, हरिहजुर थापा, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, राजेन्द्र विष्ट, शरन सामरी क्षेत्री, भैरव बम, दिल सुनार, दुर्गा महतो, ईश्वर थापा र हृदेश चौधरी रहेका छन् ।

२६ पुसदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता रहेको छ । महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ । महिला तथा पुरुषतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ । हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैया हात पार्नेछन् ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.