default_image

3 years ago

January 14, 2022

डायमन्डको हारले एपिएफ फाइनलमा

162 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबको हारले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको महिलातर्फको राउन्ड रोविनको अन्तिम खेलमा डायमन्डले नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा हार बेहोरेपछि एपिएफले दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको हो । डायमन्डलाई फाइनल पुग्न जित आवश्यक रहेपनि खेलमा त्यसो हुन सकेन ।

हरेक सेटमा राम्रो सुरुवात गरेपनि डायमन्डले त्यसलाई बचाउन सकेन । पहिलो सेट २०–२५ ले गुमाएको डायमन्डले दोस्रो सेट पनि २०–२५ ले नै गुमाएको थियो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट पनि २३–२५ ले गुमाएपछि डायमन्ड फाइनल पुग्नबाट वञ्चित बन्यो ।

राउन्ड रोविन लिगमा फाइनलमा स्थान बनाएको आर्मीले ४ खेलबाट ९ अंक जोड्यो । एपिएफले ८ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित ग¥यो । डायमन्डले ७ अंक जोड्यो । डायमन्डलाई हराएको पुलिस ६ अंक जोडेर चौथो भयो । आयोजक टाइगर ग्रुप अफ पोखरा जित र अंकविहीन हुँदै पुछारमा रह्यो ।

अब फाइनलमा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ टिप टप हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल शनिबार हुनेछ ।

१ माघसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता रहेको छ । महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ ।

महिला तथा पुरुषतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ । हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैया हात पार्नेछन् ।

December 18, 2024

भारत र अस्ट्रेलियाबीचको टेस्ट बराबरीमा

एजेन्सी – भारत र अस्ट्रेलियाबीचको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको तेस्रो टेस्टमा बराबरीमा सकिएको छ । तेस्रो टेस्टमा अस्ट्रेलियाले जितका लागि दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं तथा अन्तिम दिन बुधवारको खेल वर्षाका कारण हुन सम्भव भएन । पहिलो इनिङमा अस्ट्रेलियाले भारतविरुद्ध १ सय ८५ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा ८९ […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

Success

Thank you for your time.