default_image

3 years ago

January 14, 2022

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

182 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबको चुनौती सोझो सेन्टमा पन्छाउँदै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । एकपक्षीय खेलमा आर्मीले पुलिसमाथि २५–१५, २५–१८ र २५–१३ को एकपक्षीय जित निकाल्यो । साविकको उपविजेतासमेत रहेको आर्मीले पुलिसलाई कुनैपनि समय खुलेर खेल्न दिएनन् ।

जितसँगै आर्मीले ४ खेलबाट ९ अंक जोड्यो । पराजित भएको पुलिसले ४ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । गण्डकी ३ अंकसहित चौथो स्थानमा रहँदा एपिएफ अंकविहीन हुँदै पुछारमा रह्यो ।

अब आर्मीले उपाधिका लागि शनिबार टिप टप हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । हेल्प नेपालले शुक्रबारै साविक विजेता गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

महिलातर्फ आर्मीले फाइनलमा स्थान सुरक्षित गर्दा एक टोलीको टुंगो लाग्न बाँकी छ । एपिएफ र न्यु डायमन्डमध्ये एक टोल िफाइनल पुग्नेछ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.