3 years ago
January 14, 2022
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषकतर्फ फाइनलमा प्रवेश गरेको छ ।
हेल्प नेपालले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । हेल्प नेपालले गण्डकीमाथि २५–१८, २५–१६ र २५–२३ को सहज जित निकाल्यो । पहिलो र दोस्रो सेटमा फितलो प्रदर्शन गरेको गण्डकीले हेल्प नेपाललाई कडा चुनौती पेश गरेपनि हार टार्न सकेन ।
जितसँगै हेल्प नेपालको ४ खेलबाट १० अंक पुगेको छ । गण्डकी ३ अंक जोडेर चौथो स्थानमा रहँदै बाहिरिएको छ । अब हेल्प नेपालले आर्मी र पुलिसबीचको विजेतासँग शनिबार खेल्नेछ । आर्मीको ६ तथा पुलिसको ८ अंक छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]