3 years ago
January 12, 2022
पोखरा (हाम्रो खेलकुद) – बंगलादेशमा यसै महिना सम्पन्न एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला टोली र पुरुष टोली बुधबार सम्मानित भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले सेन्ट्रल जोन विजेता महिला टोलीलाई नगदसहित तथा चौथो भएको पुरुष टोलीलाई खादाले सम्मानित गरेको हो । टाइगर कप भलिबलको खेलपछि एकेडेमीले विजेता खेलाडीका सबै खेलाडीलाई जनही ७ हजार १ सय नगदबाट पुरस्कृत गरेको हो ।
स्वर्ण विजेता महिला टोलीसँगै सेन्ट्रल जोनमा सहभागी पुरुष टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीका संयोजक राजेश गुरुङ, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मालगायतले सम्मान गरे । यस्तै पुरुष टोलीलाई भने एकेडेमीले खादासहित सम्मान गरेको थियो ।
बंगलादेशको ढाकामा १३ पुसमा सम्पन्न भएको च्याम्पियनसिपमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रोपटक अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो ।
पुरुषतर्फ भने नेपाल चौथो स्थानमा रहेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित हुँदा पदकविहीन बनेको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]