default_image

3 years ago

January 12, 2022

सञ्जु र जुनुमायाको नयाँ किर्तिमान

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् ।

१३औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् ।

उनले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकीमा दोश्रोमा ७५ केजी तौल भार बहन गर्दै किर्तिमानमा सुधार गरेकी थिईन् । पुनः तेश्रो प्रयासमा ७८ केजीका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् । यस्तै क्लिनमा पहिलो प्रयासमा ९१ केजी भार बहन गरेकी उनले दोश्रो प्रयासमा ९८ केजी भार बहन गर्न असमर्थ भईन् । तर तेश्रो प्रयासमा ९८ केजी तौललाई सहजताका साथ बहन गर्दै कुलमा १७६ केजी भारका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् ।

५९ केजी तौलको दोश्रो स्थान प्राप्त गरेकी नेपाली सेनाकी प्रसंशा पुनले स्नाचमा ४८ केजी, क्लिनमा ५७ केजी गरि कुल १०५ केजी भार बहन गरिन् । यस्तै सशस्त्र प्रहरी बलकी सरिता लामाले स्नाचमा ४३ केजी, क्लिनमा ५४ केजीका साथ कुल ९७ केजी भार बहन गरिन् ।

यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि किर्तिमानमा आफ्नो नाम लेखाईन् । उनले स्नाचमा ६८ केजी र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै किर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । यसअघि यस तौल समूहको किर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो । थापाले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १५४ केजीको किर्तिमान तेश्रो सुनिल लाल स्मृती भारोत्तोलन प्रतियोगितामा राखेकी थिईन् ।

दोश्रो स्थानमा सशस्त्र प्रहरी बलकी सरस्वती गुरुङ्ग रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिनमा ६९ केजी गरि कुल १२७ केजी भार बहन गरिन् । यस्तै तेश्रो स्थानमा रहेकी सशस्त्र प्रहरीकै अन्जली श्रेष्ठले कुल १०८ केजी भार बहन गरिन् । उनले स्नाचमा ४८ केजी र क्लिनमा ६० केजी भार बहन गरेकी हुन् ।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथ तर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एण्ड जर्कमा ६० केजीका साथ कुलमा १०६ केजी भारका साथ स्वर्ण हात पारिन् । महिला ५५ केजी तौलको युथमा सप्तरीकी पुजा मण्डलले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी गरि कुलमा ९६ केजी भारका साथ स्वर्ण हात पारिन् ।

दोश्रो स्थानमा रहेकी बर्दियाकी सामना थारुले स्नाचमा ३५ केजी, क्लिनमा ३८ केजी गरि कुल ७३ केजी भार बहन गरिन् । यस्तै तेश्रो स्थान प्राप्त गरेकी सप्तरीकी सन्तोशी यादवले स्नाचमा ३० केजी, क्लिनमा ४० केजीका साथ कुलमा ७० केजी भार बहन गरिन् ।

जुनियरतर्फ बर्दियाकी नन्दा थापा मगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४६ केजी, क्लिनमा ५३ केजी गरि कुल ९९ केजी भार बहन गरिन् । दोश्रो स्थानमा दाङ्गकी राधिका चौधरी रहिन् । उनले स्नाचमा ३६, क्लिनमा ४२ गरि कुल ७८ केजी भार बहन गरिन् ।

महिलाको ५५ केजीकै सिनियर तर्फ नेपाली सेनाका खेलाडीहरुले बर्चस्व राखे । सेनाकी प्रभा थारुले स्वर्ण, सृजना तामाङ्गले रजत र अस्मिता पुलामीले कास्य हात पारे । प्रभाले स्नाचमा ५२, क्लिनमा ६८ गरि कुल १२० केजी, सृजनाले स्नाचमा ४४, क्लिनमा ५१ ग्रि कुलमा ९५ केजी र अस्मिताले स्नाचमा ४०, क्लिनमा ५५ गरि कुलमा ९५ केजीका साथ नै प्राविधिक आधारमा तृतीय स्थानमा आईन् ।

महिलाको ६४ केजी तौल समूहको युथतर्फ बर्दियाकी जयकला थापा मगरले स्वर्ण जितिन् । उनले स्नाचमा ४८ केजी, क्लिनमा ५६ केजी गरि कुलमा १०४ केजी भार बहन गरिन् । यस्तै ललितपुरकी खुशी थापाले युथ र जुनियर दुवैतर्फ रजत प्राप्त गरिन् । खुशीले स्नाचमा ३७ केजी, क्लिनमा ५२ केजी गरि कुल ८९ केजी भार उचालिन् ।

जुनियरतर्फ बर्दियाकी ललिता हेमरानाले स्वर्ण प्राप्त गरिन् । ललिताले स्नाचमा ४० र क्लिनमा ५५ केजी गरि कुल ९५ केजीका भार उचालिन् । यस्तै यस स्पर्धामा नेपाली सेनाकी श्रृजना सारुले तृतीय स्थान प्राप्त गरिन् । सारुले स्नाचमा ३५ र क्लिनमा ५० गरि कुल ८५ केजी तौल उचालिन् ।

यस स्पर्धाको सिनियरतर्फ सेनाकी शारदा चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६७ केजी, क्लिनमा ८० केजी गरि कुल १४७ केजी तौल उचालिन् । दोश्रो स्थानमा रहेकी प्रहरीकी देवी चौधरीले स्नाचमा ६४, क्लिनमा ७७ सहित कुल १४१ केजी भार उचालिन् । प्रहरीकै पुजा कुमाल तेश्रो भईन् । उनले स्नाचमा ५० केजी, क्लिनमा ६७ केजी सहित कुल ११७ केजी भार उचालिन् ।

पुरुष ७३ केजी तौलको सिनियर तर्फ सेनाका जीवन तामाङले स्वर्ण हात पारे । उनले स्नाचमा ८६ केजी र क्लिनमा ११३ गरि कुलमा १९९ केजीका साथ स्वर्ण हात पारेका हुन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीका राहुल कुमार दास रहे । उनले स्नाचमा ८२ क्लिनमा १०२ केजीका साथ कुल १८४ केजी भार बहन गरे । तेश्रो स्थानमा कास्कीका धनबहादुर झाक्री मगर रहे । उनले स्नाचमा ८५ र क्लिनमा ९८ केजी गरि कुल १८३ केजी भार बहन गरे ।

७३ केजी तौलको जुनियर र युथ तर्फको दुवै स्वर्ण कञ्चनपुरका हेमन्त पालले हात पारे । उनले दुवै स्पर्धामा सहभागिता जनाएका थिए । पालले स्नाचमा ७७, क्लिनमा ९५ केजी गरि कुलमा १७२ केजीका साथ स्वर्ण हात पारेका हुन् । जुनियरतर्फ सशस्त्र प्रहरीका लाहाङ थाम्सुहाङले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी गरि कुलमा १५४ केजीका साथ रजत हात पारे हात पारे ।

यस्तै कञ्चनपुरका अभिषेक बिष्टले स्नाचमा ६२, क्लिनमा ७६ गरि कुलमा १३८ केजीका साथ कास्य पदक पाए । युथतर्फ पर्साका अभय यादवले स्नाचमा ५०, क्लिनमा ६० गरि कुल ११० केजीका साथ रजत प्राप्त गरे ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.